भक्तपुरमा सवारी दुर्घटनाबाट दुई जनाको मृत्यु

लोकपथ
39
Shares

काठमाडौं । भक्तपुरमा सवारी दुर्घटनामा परी दुईको मृत्यु भएको छ । नगरकोटबाट तेलकोटतर्फ आउँदै गरेको प्रदेश ०३–०२–००९ प ५५०३ नम्बरको मोटरसाइकल आज चाँगुनारायण नगरपालिका–६ बाख्रीगाउँमा आफैँ अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर थियो ।

दुर्घटनामा मोटरसाइकल चालक काठमाडौं शङ्खरापुर नगरपालिका–५ पालुवारीका ४० वर्षीय शङ्खर भोलोन तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका तामाङको सुस्मा मेमोरियल अस्पताल साँखु काठमाडाैंमा उपचारकै क्रममा आजै मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक लोकबहादुर जिसीले जानकारी दिए ।

त्यस्तै काभ्रेको बनेपाबाट भक्तपुरको जगातीतर्फ आउँदै गरेको बा ४ ख ८९१२ नं को बसलाई सोही दिशाबाट आउँदै गरेको बा ९९ प. ३४८५ नं को स्कुटीले ओभरटेक गर्ने क्रममा सूर्यविनायक नगरपालिका–९ जोरपाटीमा बसमा ठक्कर खाएर दुर्घटना हुँदा स्कुटर चालक धनकुटा खोलीखर्क गाउँपालिका–७ घर भई हाल चाँगुनारायण नगरपालिका–२ झौखेल बस्ने ३९ वर्षीया ओमकुमारी श्रेष्ठको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भई उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा आजै मृत्यु भएको प्रहरी निरीक्षक जिसीले जानकारी दिए । दुवै दुर्घटनाका सवारी साधन र बस चालक भक्तपुर जिल्ला भक्तपुर नगरपालिका–२ ईताछे बस्ने ४१ वर्षीय दयाराम देशेमरुलाई प्रहरीले लिई दुवै घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?