भारतीय विदेश सचिव विनय मोहन क्वात्रा तीन दिने भ्रमणका लागि नेपाल आउँदै

लोकपथ
52
Shares

काठमाडौं । भारतका विदेशसचिव विनयमोहन क्वात्राले नेपालको तीनदिने भ्रमण गर्ने तय भएको छ ।

नेपाली समकक्षी भरतराज पौड्यालको निमन्त्रणामा आगामी फागुन १ देखि ३ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्ने तय भएको हो ।

भ्रमणका क्रममा दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीति अन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकता अनुरुप यो भ्रमण हुन लागेको हो ।

भ्रमणका क्रममा विदेश सचिवद्वय क्वात्रा र पौड्यालले नेपाल र भारतबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे व्यापक छलफल गर्ने बताइएको छ ।

नेपाल र भारतबीच सभ्यतागत एवम् ऐतिहासिक सम्बन्ध रहेको छ । यसबीच भारतको सहयोगमा सम्पन्न भएका विभिन्न पूर्वाधार तथा सीमापार कनेक्टिभिटि परियोजनाले दुई देशबीचको द्विपक्षीय सहकार्य झन् बलियो भएको छ । यो भ्रमणले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बढाउने अवसर प्रदान गर्ने विश्वास लिइएको छ ।

विदेश सचिवको कार्यभार सम्हालेपछिको यो क्वात्राको पहिलो नेपाल भ्रमण हो ।

उनी यसअघि नेपालका लागि भारतीय राजदूतको रुपमा काम गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?