गुर्जुधारामा पोल गाड्न खनिएको खाल्डोमा एक पुरुषको शव फेला

लोकपथ
280
Shares

काठमाडौं । काठमाडौंको गुर्जुधारामा एक पुरुषको शव फेला परेको छ । गुर्जुधारास्थित दुरसञ्चारको कार्यालय नजिकै पोल गाड्न खनिएको खाल्डोमा २२ वर्षिय सुरेश लामा (वाइबा)को शव फेला परेको हो ।

खाडलमा उनको शव खुट्टामाथि र टाउको खाल्डोमा रहेको पानीमा चोपिएको अवस्थामा भेटिएको छ ।

मकवानपुर घर भएका लामा तीन दिन अघि काठमाडौंस्थित दिदीको घरमा आएका थिए । उनी विदेश जानभनि काठमाडौं आएका थिए । उनको आज मेडिकल थियो ।

हाल प्रहरीको टोली घटनास्थल पुगेको छ । प्रहरीका अनुसार उनको मुखमा चोट लागेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

उनी बाटोमा हिड्दै गर्दा खाल्डोमा खसेको हुन सक्ने र खाल्डोमा पानी भएकाले उनको निसनसिएर मृत्यसभएको हुनसक्ने आफन्तले अनुमान लगाएका छन् । यद्यपी प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

No description available.

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?