१५ चैत्र २०७९, बुधबार

नक्कली कागजात बनाउने कार्यमा संलग्न व्यक्ति पक्राउ

२०७९,माघ,२६,बिहीवार १५:११

45
Shares

काठमाडौं । नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तेह्रथुमको म्याङ्लुङ नगरपालिका वडा नम्बर १ घर भई हाल काठमाडौँको माछापोखरी बस्ने ३४ वर्षीय सोनाम नेपाल रहेका छन् ।

उनले सञ्चालन गरेको युनाइटेड इन्टरप्राइजेज एण्ड ट्रेनिङ सेन्टरमा सरकारी जागिरमा आवद्ध रहेको व्यक्तिको शैक्षिक प्रमाण पत्र तथा विभिन्न तालिमहरुका नक्कली प्रमाण पत्र बनाउने गरेको भन्ने सूचनाको आधारमा प्रहरी खानतलासीका लागि पुगेको थियो ।

सो क्रममाविभिन्न संघ संस्थाका लेटरप्याडहरु र छापहरु फेला पारी बरामद गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दियो । पक्राउ परेका व्यक्तिउपर मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद अन्तर्गतको लिखत सम्बन्धि कसुरको (किर्ते गर्न नहुने) कसुरमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०७९,माघ,२६,बिहीवार १५:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भरतपुर । भरतपुर अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आङ्गिक शिक्षण अस्पताल हुने भएको छ । मन्त्रिपरिषद्को चैत १०

पर्सा । म्याद गुज्रिएका खाद्यवस्तु बिक्री वितरण गरेको आरोपमा पर्साको वीरगञ्ज महानगरपालिका–१३ स्थित दुई उद्योगलाई संयुक्त अनुगमन टोलीले सिल गरेको

भोजपुर । भोजपुरको दिङ्लास्थित इलाका प्रशासन कार्यालय प्रमुखविहीन बन्दा सेवा प्रवाहमा समस्या भएको छ । मुख्यरूपमा षडानन्द नगरपालिका र साल्पासिलिछो

काठमाडौं । खोटाङका दुईसहित पाँच नेपाली युवा पाँच महिनादेखि मलेसियामा अलपत्र छन् । वैदेशिक रोजगारीको सिलसिलामा गत कात्तिकमा मलेसिया पुगेका

ताजा समाचार

बैतडीमा १८ खेलाडी बन्द प्रशिक्षणमा
 २०७९,चैत्र,१५,बुधबार १२:१२
दिङ्ला प्रशासन कार्यालय प्रमुखविहीन
 २०७९,चैत्र,१५,बुधबार ११:१३