१६ चैत्र २०७९, बिहीवार

पाटनमा १० महिनादेखि हवाई सेवा बन्द

२०७९,माघ,२६,बिहीवार १४:२७

135
Shares

बैतडी । पाटनस्थित विमानस्थलमा हवाई सेवा १० महिनादेखि बन्द रहेको छ । धनगढी–बैतडी–धनगढी साप्ताहिकरुपमा हुने गरेको हवाई सेवा १० महिनादेखि बन्द रहेको हो ।

हवाई भाडा महँगो र यात्रु नपाउँदा बन्द हवाई सेवा पुनःसञ्चालन हुन नसकेको जनाइएको छ । रु ११ करोडको लागतमा पाटन विमानस्थल कालोपत्र गरेर सञ्चालनमा ल्याइएको भए पनि हवाई उडान भने लामो समयदेखि बन्द रहँदा यहाँ आकस्मिकरुपमा धनगढी जानुपर्ने नागरिक समस्यामा परेका छन् ।

साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएको थियो । गत चैत १० गते यहाँ अन्तिम पटक उडान भएको थियो । हवाई सेवा पुनः सञ्चालन अनिश्चित रहेको समिट एयरका प्रतिनिधि कृष्णदत्त भट्टले बताए । आगामी फागुनमा उडान हुनसक्ने भनिए पनि आधिकारिक जानकारी नआएको भट्टको भनाइ छ ।

पाटनदेखि १८ मिनेटको हवाई यात्रा रहेको धनगढीको भाडा रु पाँच हजार रहेको छ । हवाई सेवा बन्द हुँदा आकस्मिकरुपमा बिरामी भएकालाई सुविधा सम्पन्न अस्पातल लैजान तथा अन्य कामका लागि जाने नागरिकलाई समस्या भएको स्थानीय चमन भण्डारीले बताए ।

भाडा पनि महँगो भएकाले घटाएर नियमितरूपमा आउनुपर्ने उनको भनाइ छ । सुदूरपश्चिमकै दोस्रो ठूलो पाटनमा रहेको विमानस्थल हो । पाटनमा विमानस्थल २६ वर्षपछि विसं २०७७ मा पुनःसञ्चालनमा आएको थियो । विसं २०३६ देखि सञ्चालनमा आएको पाटन विमानस्थल विसं २०५१ देखि भने बन्द थियो ।

प्रकाशित मिति: २०७९,माघ,२६,बिहीवार १४:२७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

तुलसीपुर । बजेट माग्ने तर विकास गर्दा विवाद गर्ने प्रवृति बढ्दै गएको छ । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार

काठमाडौं । निराला पब्लिकेसन्सले नेपाली लेखक बीएन जोशीको ‘श्रमटनः नेपाली आप्रवासी कामदारको सम्झना’ कृति नेपाली भाषामा बजारमा ल्याएको छ ।

हलेसी । रामनवमीको अवसरमा खोटाङको हलेसीमा बृहत् मेला लागेको छ । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीमा रामनवमीको अवसरमा

दाङ । दाङमा दश सामुदायिक वन समूहबाट सल्लाको खोटो सङ्कलन गरिँदैछ । वन समूहबाट यस वर्ष करिब रु नौ लाख

ताजा समाचार

ललितपुर मेयर्स कप : एपीएफ क्लब च्याम्पियन
 २०७९,चैत्र,१६,बिहीवार १३:१६
मन्त्री छान्ने जिम्मा सभापति देउवालाई
 २०७९,चैत्र,१६,बिहीवार १२:४२