१५ चैत्र २०७९, बुधबार

ट्राफिक प्रहरीलाई ट्राफिक व्यवस्थापन सामग्री हस्तान्तरण

२०७९,माघ,२६,बिहीवार १२:५९

18
Shares

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथलाई ट्राफिक व्यवस्थापनका लागि प्रयोग गरिने सामग्रीहरू हस्तान्तरण गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा बुधबार आयोजित एक कार्यक्रमकाबीच एशोसिएसनको तर्फबाट अध्यक्ष ध्रुव थापाले ट्राफिक व्यवस्थापनका लागि प्रयोग गरिने १ सय थान फ्लोरोसेन्ट ज्याकेट तथा सिसिटिभि मोनिटरिङलाई थप प्रभावकारी रुपमा सन्चालन गर्न ५ थान कम्प्युटर र ५ थान माउस काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक मीरा चौधरीलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक चौधरीले उक्त एशोसिएसनलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत काठमाडौं उपत्यकाका ट्राफिक व्यवस्थापनमा एशोसिएसन र ट्राफिक कार्यालयबीच सहकार्य रहने बताए । सो अवसरमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष थापाले ट्राफिक जनचेतना अभिवृद्धिका साथै सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीसँग निरन्तर रुपमा सहकार्य गर्दै आगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बढ्दो ट्राफिक समस्या समाधान तथा न्यूनिकरणको लागि नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच भबिष्यमा पनि थप योजनाहरु बनाई समन्वयात्मक रुपमा अगाडि बढ्ने सहमति समेत भएको जानकारी दिए ।

प्रकाशित मिति: २०७९,माघ,२६,बिहीवार १२:५९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा पछिल्लो ८ महिनाको अवधिमा २३ लाख बढी आन्तरिक राजश्व संकलन भएको छ । गाउँपालिकाले सार्वजनिक

पर्सा । म्याद गुज्रिएका खाद्यवस्तु बिक्री वितरण गरेको आरोपमा पर्साको वीरगञ्ज महानगरपालिका–१३ स्थित दुई उद्योगलाई संयुक्त अनुगमन टोलीले सिल गरेको

भोजपुर । भोजपुरको दिङ्लास्थित इलाका प्रशासन कार्यालय प्रमुखविहीन बन्दा सेवा प्रवाहमा समस्या भएको छ । मुख्यरूपमा षडानन्द नगरपालिका र साल्पासिलिछो

काठमाडौं । खोटाङका दुईसहित पाँच नेपाली युवा पाँच महिनादेखि मलेसियामा अलपत्र छन् । वैदेशिक रोजगारीको सिलसिलामा गत कात्तिकमा मलेसिया पुगेका

ताजा समाचार

दिङ्ला प्रशासन कार्यालय प्रमुखविहीन
 २०७९,चैत्र,१५,बुधबार ११:१३
देउडा अभिनयमा जम्दै ‘झरना’
 २०७९,चैत्र,१५,बुधबार १०:४७