महाकालीमा बगेका वृद्धको उपचारको क्रममा मृत्यु

लोकपथ
21
Shares

काठमाडौं । महाकाली नदीमा बुधबार दिउँसो बगेका एक वृद्धको उपचारको क्रममा मृत्यु भएको छ ।

नदीमा बगिरहेको अवस्थामा उद्दार गरिएको उनको जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु भएको हो।

महाकाली नगरपालिका २, पन्डोराका वीरसिंह बडालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

महाकाली नगरपालिका ४ स्थित रिंग्नेताल नजिकबाट बगेका वृद्धको करिब ४०० मिटर तल नदीमा बगिरहेको अवस्थामा सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेर जिल्ला अस्पताल पुर्‍याएका थिए ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार अचेत अवस्थामा सुरक्षाकर्मीले उद्धार गरी बडाललाई जिल्ला अस्पताल पुर्‍याए पनि उपचारकै क्रममा उनको मृत्यु भएको छ ।

उनी कसरी महाकालीमा बगे भन्ने अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?