होटलमा लगेर १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

लोकपथ
133
Shares

काठमाडौं । रूपन्देहीमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् ।

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा देवदह नगरपालिका-७ शितलनगर बस्ने ३६ वर्षीय मोहन गुरुङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

गुरूङले ती किशोरीलाई गत शुक्रबार राति देवदह नगरपालिका-७ ढेकारस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?