काठमाडौँ– नेकपाको जारी स्थायी कमिटी बैठक बोल्दै स्थायी कमिटी सदस्य योगेश भट्टराईले पार्टी अध्यक्ष ओलीले गुटबन्दी गरेका आरोप लगाएका छन् ।
जारी स्थायी कमिटी बैठकमा आज बोल्ने अधिकाशं नेताहरुले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीमाथि प्रश्न गर्दै असन्तुष्टि जनाएका छन् ।
बैठकमा बोल्दै उनले भने, अध्यद्वयले पेश गरेको राजनीतिक प्रतिवेदन अहिलेको आवश्यकता अनुसार छैन ।
भट्टराईले सांगठनिक एकीकरण ढिला हुनुमा पूर्वएमालेभित्रको नेतृत्वले गरेको गुटबन्दी असजिलो पाटो भएको धारणा व्यक्त गरेका हुन् । उनले भने, पूर्व एमालेका नेतृत्वले यसको समीक्षा गर्नुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया