१६ चैत्र २०७९, बिहीवार

धनुषामा अवैध उत्खनन गर्ने ९ टिपर प्रहरीको नियन्त्रणमा

२०७९,माघ,२४,मंगलवार २०:५५

27
Shares

जनकपुरधाम । अवैध रुपमा बालुवा गिट्टी उत्खनन गर्ने टिपरलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित जलाद खोलाबाट अवैध उत्खनन गर्ने ९ टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जलाद खोलामा बालुवा गिट्टी उत्खनन गरी जनकपुरतर्फ आउने क्रममा वडा प्रहरी कार्यालय रेल्वे र मुजेलियाबाट खटेको प्रहरी टोलीले ९ टिरलाई नियन्त्रणमा लिएको हो । टिपरलाई नियन्त्रणमा लिएपनि प्रहरीले चालकहरूलाई छाडिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले ना ८ ख ३६२, ना ८ ख २०४६, ना ७ ख ६३९५, ना १ ख ६८५, ना ७ ख ९०२७, प्रदेश ००१ ख १८९९, ना ८ ख २२०, प्रदेश २–०३–००१ क १९७६ र एउटा अन टेस्ट टिपर नियन्त्रणमा लिएको जनाएको छ ।

नियन्त्रणमा लिएको ९ वटै टिपरलाई आवश्यक कारबाहीका लागि प्रहरीले जिल्ला समन्वय समितिको कार्यालय धनुषालाई जिम्मा लगाएको छ ।

प्रकाशित मिति: २०७९,माघ,२४,मंगलवार २०:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा पछिल्लो ८ महिनाको अवधिमा २३ लाख बढी आन्तरिक राजश्व संकलन भएको छ । गाउँपालिकाले सार्वजनिक

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

ताजा समाचार

ललितपुर मेयर्स कप : एपीएफ क्लब च्याम्पियन
 २०७९,चैत्र,१६,बिहीवार १३:१६
मन्त्री छान्ने जिम्मा सभापति देउवालाई
 २०७९,चैत्र,१६,बिहीवार १२:४२