१६ चैत्र २०७९, बिहीवार

फेवातालको संरक्षणमा जलाधार क्षेत्रको महत्वपूर्ण भूमिका : मुख्यमन्त्री अधिकारी

२०७९,माघ,२४,मंगलवार २०:४५

27
Shares

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले फेवातालको संरक्षणमा जलाधार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।

चापाकोट पर्यटन प्रवर्द्धन समिति पोखरा–२३ द्वारा आयोजित तेस्रो चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सवको आज उद्घाटन गर्दै उनले जलाधार क्षेत्रका बासिन्दाले पनि फेवातालबाट आम्दानी लिन सक्ने योजना अघि बढाउनुपर्ने बताए ।

फेवाताल जलाधार क्षेत्रको संरक्षण गर्ने स्थानीय बासिन्दा फाइदा लिने तल्लो तटीय क्षेत्र भएको उल्लेख गर्दै उनले अन्न भण्डार चापाकोट क्षेत्रको उत्पादनलाई लेकसाइड बजार बनाउनुपर्नेमा जोड दिए ।

उत्पादनमा जोड दिएर प्रदेशलाई खाद्यमा आत्मनिर्भर हुने खालका योजना अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री अधिकारीले त्यसका लागि तीनै तहका सरकार जिम्मेवार भएर लाग्नुपर्ने आवश्यकता औँल्याए ।

निवर्तमान गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले पोखरा–२३ को विकास मेला महोत्सवले स्थानीय उत्पादनको बजारीकरण गर्दै समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

समितिका अध्यक्ष भीम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा–२३ का वडाध्यक्ष रामकाजी गुरुङ, सवमाजसेवी शिवलाल पराजुली, महोत्सव संयोजक चतनाथ देवकोटालगायतले पर्यटन प्रवर्द्धनमा होमस्टेले महत्वपूर्ण भूमिका खेल्दै आएको धारणा राखे ।

यही २८ गतेसम्म सञ्चालन हुने महोत्सवमा नौमती बाजा प्रतियोगितातर्फ प्रथमलाई रु ३३ हजार तीन सय ३३, द्वितीयलाई रु २२ हजार दुई सय २२, तृतीयलाई रु ११ हजार एक सय ११ र सान्त्वनालाई रु पाँच हजार पाँच सय ५५ ले पुरस्कृत गरिनेछ ।

भजन प्रतियोगितातर्फ प्रथमलाई रु ३३ हजार तीन सय ३३, द्वितीय रु २२ हजार दुई सय २२, तृतीय रु ११ हजार एक सय ११ र सान्त्वनालाई रु पाँच हजार पाँच सय ५५ पुरस्कार प्रदान गरिनेछ । त्यसैगरी रत्यौली प्रतियोगितातर्फ प्रथमलाई रु ३३ हजार तीन सय ३३, द्वितीय २२ हजार दुई सय २२, तृतीय रु ११ हजार एक सय ११ र सान्त्वनालाई रु पाँच हजार पाँच सय ५५ ले पुरस्कृत गरिने छ ।

पुरुष दौड प्रतियोगितामा पहिलो हुनेलाई पाँच हजार, द्वितीय हुनेलाई रु तीन हजार, तृतीयलाई रु दुई हजार र सान्तवनाका लागि रु एक हजार पुरस्कारको व्यवस्था गरिएको छ । महिला दौड प्रतियोगिमा पहिलो हुनेलाई रु पाँच हजार, द्वितीय रु तीन हजार, तृतीयलाई रु दुई हजार र सान्त्वनालाई रु एक हजार पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।

महोत्सवमा बाल नृत्य, दुना टपरी बुन्ने, झाँकी, घैटो फुटाउनेलगायतका विभिन्न प्रतियोगिता समावेश गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति: २०७९,माघ,२४,मंगलवार २०:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा राजनीतिक स्थायित्वको आधार बन्दै गएको बताएका छन् । भरतपुर विमानस्थलको नयाँ ट्रमिनल भवन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथको प्राचीन, ऐतिहासिक तथा धार्मिक महत्व रहेको बताएका छन् । आज पशुपतिनाथ क्षेत्रमा श्री राधामाधव

काठमाडौं । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको आउटडोर पौडी पोखरी बिहीबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । राष्ट्रिय खेलकुद

फिलिपिन्स । दक्षिणी फिलिपिन्समा एउटा पानीजहाजमा आगलागी हुँदा ३१ जनाको मृत्यु भएको छ । उद्धारकर्मीहरूका अनुसार २३ जना घाइते भएका

ताजा समाचार

ललितपुर मेयर्स कप : एपीएफ क्लब च्याम्पियन
 २०७९,चैत्र,१६,बिहीवार १३:१६