१६ चैत्र २०७९, बिहीवार

किसान संघर्ष समितिद्वारा आयोगको ध्यानाकर्षण

२०७९,माघ,२४,मंगलवार २०:३२

27
Shares

काठमाडौं । तरकारी तथा कृषिजन्य वस्तुको उचित मूल्य प्राप्त नभएको भन्दै किसान संघर्ष समितिले राष्ट्रिय किसान आयोगको ध्यानाकर्षण गरेको छ । समितिका संयोजक लेखनाथ भुसालले आयोगलाई आज ज्ञापनपत्र बुझाएका हुन् ।

संयोजक भुसालले आयोगका सदस्य टेकबहादुर बोगटीलाई ज्ञापनपत्र बुझाएका हुन् । तरकारी तथा पशुजन्य उत्पादनलाई सरकारी निकायबाट संरक्षण प्राप्त नभएको र भारतीय बजारबाट तरकारी तथा कृषिजन्य वस्तुको आयात नरोकेको ज्ञापनपत्रमा उल्लेख छ ।

उनले किसानको सूचीकरण, वर्गीकरण एवं परिचयपत्र वितरण तथा क्षेत्रफलका आधारमा अनुदान दिने नीति निर्माण तथा कृषिलाई औधोगिकीकरण गर्नुपर्ने, तरकारी तथा कृषि उपजको लागत मूल्यका आधारमा समर्थन मूल्य निर्धारण गर्नुपर्ने, रासायनिक मल, बीउ, बिजन र विषादी सर्वसुलभ तथा समयमै उपलब्ध गराउनुपर्ने, बाँझो जमिनमा अनिवार्य खेती गर्न लगाउन कडा कानुन बनाउनुपर्ने लगायत माग समितिले राखेको छ ।

ज्ञापनपत्र बुझ्दै आयोगका सदस्य बोगटीले संघर्ष समितिले पेस गरेका माग समाधानका लागि पहल गरिने बताए । कार्यक्रममा कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेले किसानका मागबारे केन्द्रको ध्यानाकर्षण भएको बताए ।

किसान आयोगका सदस्यसचिव दुर्गाप्रसाद पण्डितले गुनासा आयोगको निःशुल्क टोल फ्री नं १६६००१०६१८२ मा सिधै सम्पर्क गरी पठाउन किसानलाई आग्रह गरे ।

प्रकाशित मिति: २०७९,माघ,२४,मंगलवार २०:३२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा पछिल्लो ८ महिनाको अवधिमा २३ लाख बढी आन्तरिक राजश्व संकलन भएको छ । गाउँपालिकाले सार्वजनिक

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

ताजा समाचार

ललितपुर मेयर्स कप : एपीएफ क्लब च्याम्पियन
 २०७९,चैत्र,१६,बिहीवार १३:१६
मन्त्री छान्ने जिम्मा सभापति देउवालाई
 २०७९,चैत्र,१६,बिहीवार १२:४२