१६ चैत्र २०७९, बिहीवार

कलाकार पदमप्रसाद पौडेलको निधन

२०७९,माघ,२४,मंगलवार १७:२८

81
Shares

काठमाडौं । कलाकार पदमप्रसाद पौडेलको निधन भएको छ ।

९२ वर्षका पौडेलको बुढानीलकण्ठ चपलीस्थित आफ्नै घरमा मंगलबार अपराह्न साढे तीन बजे निधन भएको कलाकार सङ्घका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले बताए ।

लामो समयदेखि दमको रोगबाट पीडित पौडेल ९२ वर्षका थिए । यो उमेरमा पनि अभिनयमा उनको राम्रै सक्रियता थियो । उनी अभिनीत पछिल्ला फिल्म ‘ऐना झ्यालको पुतली’ र ‘नालापानी’ केही अगाडि प्रदर्शनमा आएको थियो ।

करिब ७० बढी फिल्म अभिनय गरेका पौडेल चलचित्र कलाकार सङ्घका आजीवन सदस्य पनि हुन् । थुप्रै टेलिफिल्म, म्युजिक भिडियो र विज्ञापन समेतमा उनको अभिनय छ । पाँच छोरा र दुई छोरीका पिता पौडेलकी श्रीमती देवकुमारी पौडेल पनि कलाकारितामा रुचि राख्थिन् । संखुवासभाको चैनपुरका उनले कलाकारिता अगाडि शिक्षण पेसा र राससको संखुवासभा प्रतिनिधि भएर काम गरेका थिए ।

पौडेलको आजै पशुपति आर्यघाटमा अन्तिमसंस्कार गरिनेछ । त्यस अगाडि कलाकार संघले झन्डा ओढाएर उनलाई अन्तिम श्रद्धाञ्जली दिने प्रवक्ता निरौलाले जानकारी दिए ।

प्रकाशित मिति: २०७९,माघ,२४,मंगलवार १७:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

अमेरिका । अमेरिकी सेनाका दुई वटा हेलिकाेप्टर दक्षिणपश्चिम केन्टकीमा दुर्घटनाग्रस्त भएका छन् । नियमित अभ्यासका क्रममा एचएच–६० ब्ल्याक हक हेलिकाेप्टर

तुलसीपुर । बजेट माग्ने तर विकास गर्दा विवाद गर्ने प्रवृति बढ्दै गएको छ । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार

काठमाडौं । नेपाल एपीएफ क्लब च्याम्पियन बनेको छ । ललितपुर मेयर्स कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणमा कोशी

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा मिटर ब्याजपीडितको समस्या समाधान गर्न र पीडकलाई अपराधी घोषणा गर्दै फौजदारी अभियोगमा कारबाही गर्न माग

ताजा समाचार

ललितपुर मेयर्स कप : एपीएफ क्लब च्याम्पियन
 २०७९,चैत्र,१६,बिहीवार १३:१६
मन्त्री छान्ने जिम्मा सभापति देउवालाई
 २०७९,चैत्र,१६,बिहीवार १२:४२