टर्की र सिरियामा भूकम्प : ज्यान गुमाउनेको संख्या ३५०० नाघ्यो

लोकपथ
52
Shares

टर्की र सिरियामा गएको भूकम्पबाट मृत्यु हुनेको संख्या ३५ सय नाघेको समाचारमा जनाइएको छ । बीबीसीका अनुसार अनुसार ७.८ म्याग्नीच्युडको सो भूकम्पमा परी कैयन प्रभावित भएका छन् ।

भूकम्पले मुख्यतः टर्कीको नुरदागी र सिरियाको गाजिन्टेप्स प्रान्तलाई बढी प्रभाव पारेको छ ।

टर्कीको आपतकालिन प्राधिकरणका अनुसार टर्कीमा कम्तीमा सात हजार ६३४ जना घाइते भएको एएफएडीले जनाएको छ भने दुई हजार ८३४ भवन ध्वस्त भएका छन् । भग्नावशेष परेका मानिसको उद्धार गर्ने कार्य जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?