१५ चैत्र २०७९, बुधबार

पत्रकारमाथिको आरोप पुष्टि गर्न रविलाई मिडिया सोसाइटीको चुनौती

२०७९,माघ,२३,सोमवार २२:२९

45
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिडिया र मिडियाकर्मीप्रति दिएको अभिव्यक्तिप्रति नेपाल मिडिया सोसाइटीले ध्यानाकर्षण गराएको छ ।

आइतबार पत्रकार सम्मेलनमा लामिछानेले नेपाली आमसञ्चार क्षेत्रप्रति आधारहीन, पूर्वाग्रही र मनगढन्ते आरोप लगाउँदै धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै मिडिया सोसाइटीले आपत्ति जनाएको हो । सोसाइटीले यसलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर घात भनेको छ ।

सोसाइटीले ‘नेपालको परिवर्तन र जनताको हक अधिकारको स्थापना, संरक्षण र विकासका लागि अग्रिम मोर्चामा रहेर जनतालाई सूसुचित गराउने दायित्व निर्वाह गर्दै आएको नेपालको स्थापित पत्रकारिता क्षेत्रप्रति लामिछानेले दोहोरो नागरिकताका कारण पद गुमाएको पीडाको आक्रोश पोख्ने रवैयाले उनको नवोदित दलको मिडिया विरोधी रवैयालाई उदांगो पारेको जनाएको छ ।

जनतालाई झुक्याएर उपप्रधान तथा गृहमन्त्री बनेको व्यक्तिले जनतासमक्ष माफी माग्नुको सट्टा नेपाली मिडियाले आफ्नो पद खोसेको जस्तो आरोप लगाउनुले उनको अराजनैतिक मनोदशालाई देखाएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीहरूको नामै लिएर सार्वजनिक रूपमा धम्की दिँदै विद्यमान संविधान, ऐन र कानुनलाई हातमा लिएर कथित भीडको सहारामा मिडियालाई आफैं कारबाही गर्ने चेतावनीबाट नेपालका सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीहरू असुरक्षित हुनसक्ने स्थिति देखा परेको घटनाप्रति सम्बन्धित पक्ष र सरकारको समेत गम्भीर ध्यानाकर्षण गराउन चाहेको मिडिया सोसाइटीले बताएको छ ।

‘लामिछानेको अभिव्यक्तिबाट सिर्जित हुनसक्ने कुनै अप्रिय घटनाको स्वयं लामिछाने र उनको दल जिम्मेवार हुनु पर्ने कुरा समेत स्पष्ट गर्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ । सोसाइटीले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र नागरिक अधिकारको पक्षमा निरन्तर रूपमा संघर्ष गर्दै आएको नेपाली मिडिया जगत कुनै पनि दल वा व्यक्तिका त्यस प्रकारका धम्कीहरूबाट विचलित नहुने पनि बताएको छ ।

सोसाइटीले लामिछानेलाई आफ्नो गल्ती सच्याउन, गालीगलौज फिर्ता लिन पनि आग्रह गरेको छ । त्यस्तै उनले आरोप लगाएका मिडिया र मिडियाकर्मी प्रति कुनै प्रमाण भए पुष्टि गर्न चुनौती समेत सोसाइटीले दिएको छ । त्यस्तै सोसाइटीले लामिछाने र उनको दललाई नेपालको प्रचलित संविधान, ऐन, कानुन र नेपालको न्यायपालिका माथि बर्बहराहट गर्ने अधिकार कहाँबाट प्राप्त गरे भनेर प्रश्न पनि गरेको छ ।

समयमै आफ्नो गल्ती सच्याउन र आम जनता तथा मिडियाको संवैधानिक अधिकारमाथि चुनौती दिने गल्ती नदोहो¥याउन समेत सोसाइटीले चेतावनी दिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार बसुन्धरास्थित पार्टी कार्यालयमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि पत्रकार सम्मेलनमा लामिछानेले विभिन्न मिडिया तथा पत्रकारहरूविरूद्ध अभिव्यक्ति दिएका थिए । उनले मिडिया तथा सञ्चारकर्मीहरूको नामै तोकेर अभिव्यक्ति दिएका थिए ।

प्रकाशित मिति: २०७९,माघ,२३,सोमवार २२:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा पछिल्लो ८ महिनाको अवधिमा २३ लाख बढी आन्तरिक राजश्व संकलन भएको छ । गाउँपालिकाले सार्वजनिक

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

ताजा समाचार

बैतडीमा १८ खेलाडी बन्द प्रशिक्षणमा
 २०७९,चैत्र,१५,बुधबार १२:१२