१६ चैत्र २०७९, बिहीवार

सत्तारुढ गठबन्धनभित्र ठूलो घटनाहरु हुने खतरा छ : रमेश लेखक

२०७९,माघ,२३,सोमवार १७:५९

54
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्तारुढ गठबन्धनभित्र ठूलो घटनाहरु हुने खतरा देखिएको बताएका छन् ।

सोमवार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक लेखकले सत्तारुढ गठबन्धनका नेताहरुमा अधैर्यता र विचलन देखिएको बताएका हुन् । उनले सरकारको सैद्धान्तिक धरातल समेत कमजोर र विरोधाभाषपूर्ण रहेको भन्दै यसैको परिणाम स्वरुप सरकार अहिलेको अवस्थामा आइपुगेको बताए ।

उनले सत्तारुढ दलका नेताहरु अत्ताल्लिएको भन्दै त्यसले सत्तारुढ गठबन्धनभित्र केही ठूलै घटनाहरु हुने खतरा देखिएको बताए ।

सत्तारुढ दलहरु मध्ये नेकपा (एमाले) सबैभन्दा विचलित भएको उनको भनाई छ । उनले प्रधानमन्त्री एउटा हुने र देश अर्कोले चलाउन खोजेको लक्षण देखिएकोले यसो भएमा सकसपूर्ण स्थिति आउने उल्लेख गरे ।

उनले भने– ‘यो सरकार जुन ढंगले अगाडी बढीराखेको छ, अथवा यो सरकार जसरी गठन भएको छ यसको सैद्धान्तिक धरातल नै यति कमजोर र यति बिरोधाभाषपूर्ण छ कि यो धरातलमा हुने कुरा यही हो जे भइरहेको छ । एमाले सबैभन्दा ज्यादा विचलित भएको छ । उहाँहरु यति ज्यादा अधैर्य, विचलित भएको जुन देखिएको छ के को लागि हुनुभएको छ भन्ने थाहा छैन । हिजो मैले संसदभित्र जुन रुप देखेँ । एमाले किन यति धेरै अधैर्य, विचलित भयो भन्ने कुरामा म गम्भिर भएको छु । यो सरकारको सैद्धान्तिक धरातल पनि अत्यन्त कमजोर र बिरोधाभाषपूर्ण छ । त्यसैमा के छ त भन्दा प्रधानमन्त्री एउटा हुने, साँच्चिकै देश अर्कोले चलाउन खोज्ने खालको जुन लक्षण देखिन लागेको छ नि त्यसले त झन् ज्यादा सकसपूर्ण स्थिति उत्पन्न हुन्छ । यो सरकारको गतिविधिहरु र सत्ता समिकरणमा रहेका संलग्न भएका नेताहरुको अधैर्यता, प्रश्तुति, विचलन जुन देखिएको छ त्यसले के देखिएको छ भने अहिले सरकारमा भएका दलका केही नेताहरु अत्यन्तै आत्तिएका छन् । अत्तालिएका छन् । उहाँहरुको जुन चिन्ता र अधैर्यता देखिराखिएको छ त्यसले नै सत्ताभित्र केही ठूलै घटनाहरु हुने खतरा देखिराखिएको छ ।’

प्रमुख सचेतक लेखकले कांग्रेसले सत्ता समिकरण परिवर्तन गरेर अर्को समिकरण बनाउन नखोजेको स्पष्ट पारे । आफूहरुले अहिले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्छ भनेको कुरालाई उल्लेख गर्दै प्रमुख सचेतक लेखकले राष्ट्रिय सहमति काँग्रेसकै लागि होला भन्ने आफूहरुको बुझाइ रहेको बताए ।

उनले भने–‘हामीले सत्ता समिकरण परिवर्तन गर्न खोजेको, अर्को समिकरण बनाउन खोजेको त्यस्तो केही पनि होइन । राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनमा हाम्रो ध्यान गम्भिर रुपले गएको छ । त्यो कुरालाई हामीले विशेष ढंगले प्राथमिकताका साथ हेरिराखेका छौँ । प्रधानमन्त्रीजीले राष्ट्रिय सहमति खोज्नुपर्छ भनिरहनुभएको छ । राष्ट्रिय सहमति कांग्रेसकै लागि त होला नि । अरु कसको लागि होला भन्ने हाम्रो बुझाइ हो ।’

आजै प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भेट भएको थियो । सो भेट लगत्तै सभापति देउवासँग भेट गरेका प्रमुख सचेतक लेखकले तीन नेताहरुका बीचमा समसामयिक परिस्थितिको बारेमा कुराकानी भएको बताए ।

उनले भने– ‘प्रधानमन्त्रीजीले दुवैजना नेताहरुलाई बोलाउनु भयो समसामयिक परिस्थितिको बारेमा कुरा हो । त्यस्तो खासै केही कुरा छैन । नेताहरु भेटघाट भइराख्छ भइरहनु पर्छ । राष्ट्रपतिको निर्वाचन आजको छलफलको विषय होइन । सामान्य समसामयिक विषयमा कुराकानी भएको होला नेताहरुका बीचमा । नेताहरुको बीचमा कुराकानी भयो त्यो आफैँमा राम्रो पक्ष हो ।’

समसामयिक राजनीतिक परिस्थितिको बारेमा कुराकानी भएपनि राष्ट्रपति निर्वाचनको सम्बन्धमा कुराकानी नभएको उनको भनाई छ ।

प्रकाशित मिति: २०७९,माघ,२३,सोमवार १७:५९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको आउटडोर पौडी पोखरी बिहीबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । राष्ट्रिय खेलकुद

फिलिपिन्स । दक्षिणी फिलिपिन्समा एउटा पानीजहाजमा आगलागी हुँदा ३१ जनाको मृत्यु भएको छ । उद्धारकर्मीहरूका अनुसार २३ जना घाइते भएका

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले बारा क्षेत्र नम्बर २ को निर्वाचन संयोजकबाट राजीनामा दिएका छन् ।

काठमाडौं । नेपाल एपीएफ क्लब च्याम्पियन बनेको छ । ललितपुर मेयर्स कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणमा कोशी

ताजा समाचार

ललितपुर मेयर्स कप : एपीएफ क्लब च्याम्पियन
 २०७९,चैत्र,१६,बिहीवार १३:१६