काठमाडौं । काठमाडौंको डल्लुमा ट्यांकरको ठक्करले एक बालिकाको निधन भएको छ ।
आज बिहान डल्लुको चामुण्डा स्कुल नजिकै साइकल चलाइरहेको अवस्थामा बा ३ ख ५३६१ नम्बरको ट्यांकरले ठक्कर दिएको थियो ।
मृत्यु हुनेमा सो स्थानमा बस्दै आएकी रियानी देउलाको निधन भएको प्रहरीले जनाएको छ ।
भक्तपुर घर भएका बालिकाको परिवार डल्लुमा भाडामा बस्दै आएका थिए ।
प्रहरीका अनुसार नजिकए एक घरमा पानी खन्याएर फर्किएन लागेको ट्यांकरले ठक्कर दिएको थियो ।