काठमाडौं । जिल्ला अदालत काठमाडौंले मानव बेचबिखनको मुद्दामा मनोज पाण्डेलाई ७ वर्ष कैद सजाय सुनाएको छ।
सोमबार मोडल ग्लोबल भिजाज कन्सल्टेन्सीका सञ्चालक समेत रहेका पाण्डेलाई न्यायाधीश दीपक ढकालको इजलासले सो फैसला सुनाएको छ ।
त्यसको साथै पाण्डेलाई ७ वर्ष कैदसहित पीडितलाई ७५ हजार क्षतिपूर्ति दिनुपर्ने फैसला समेत गरेको छ ।
मानववेचविखन ऐनको दफा ४ उपदफा २ को (ख) बमोजिम कसुर गरेको भन्दै सोही ऐनको दफा १५ दफा १को (छ) ७ वर्ष कैद र पिडितलाई ७५ हजार क्षतिपूर्ति दिलाएको काजिअ प्रशासनले जनाएको छ ।