अरुणकुमार चौधरीको मुद्दामा उच्च अदालतले दिएन अन्तरिम आदेश

लोकपथ
364
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीले दायर गरेको रिटमा उच्च अदालत दिपायलले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

यसअघि जिल्ला अदालत कैलालीले गरेको फैसलाबारे जानकारी नभएका कारण आफ्नो मुद्दामा म्याद बदर गरी थुनामुक्त गर्न माग गर्दै रिट दायर गरेका थिए । सोमबार उक्त मुद्दामा सुनुवाइ गर्दै सो अन्तरिम आदेश दिन अस्वीकार गरिएको हो ।

उच्च अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

त्यस्तै चौधरीको मुद्दामा अन्तरिम आदेश जारी गर्नु नपर्ने कारण वा प्रमाण भए १५ दिनभित्र अदालतमा पशे हुन आदेश समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?