रास्वपा : भित्र बैठक बस्याबस्यै, बाहिर पत्रकार कुर्याकुर्यै !

लोकपथ
39
Shares

काठमाडौं । सरकारका जाने वा नजओ निर्णयक भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठक करिब साढे ३ घण्टा भन्दा अघिदेखी जारी छ ।

बसुन्धरास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा सरकारबाट बाहिरिने वा नबाहिरिने भन्ने लगायतको विषयमा छलफल भइरहेको छ ।

बिहान साढे ११ बजेका लागि बैठक बोलाइएको थियो । निर्धारित समयमै पत्रकारहरु बैठक स्थल पुगेका थिए । बैठकपछि विशेष पत्रकार सम्मेलन हुने जानकारी समेत गराइएको थियो । बैठकको निर्णय र विशेष पत्रकार सम्मेलनको लागि समयमै पत्रकार पुगे पनि अझै बैठक नसकिएपछि त्यहाँबाट पत्रकार बाहिरिन थालेका छन् ।

सर्वोच्चको फैसलाले पार्टी सभापति रवि लामिछानेको नागरिकता अवैध रहेको फैसला गरेसँगै उपप्रधान एवं गृहमन्त्रीसहित सबै पद गएको थियो ।

पुनः गृहमन्त्रालय पाउनुपर्ने रास्वपाको माग रहेको छ । तर प्रधानमन्त्रीले रास्वपालाई गृह मन्त्रालय दिन नसकिने भन्दै आलटाल गर्दै आएका छन् । गृहमन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएको रास्वपाले आज सो विषयमा निर्णय गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?