किसानका मागप्रति गम्भीर हुन महासंघको आग्रह

लोकपथ
26
Shares
?????? ???????? ???????? ???? ????? ??????? ???????? ?????? ????????????-? ???????? ????? ?????? ????? ????? ???????? ????? ???? ???????? ?????? ???????/????

काठमाडौं । अखिल नेपाल किसान महासंघ र नेपाल किसान महासंघले सडकमै तरकारी फाल्नुपर्ने अवस्थामा पुगेका किसानका मागप्रति गम्भीर हुन सरकारसँग आग्रह गरेका छन् ।

दुवै महासंघले आज यहाँ संयुक्त पत्रकार सम्मेलन गरी चितवनमा भएको उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तरकारी सडकमा फ्याँकेर शुरु गरेको सांकेतिक आन्दोलनप्रति ऐक्यबद्धता पनि जनाएको छ ।

तरकारीलगायत कृषि तथा कृषिजन्य उत्पादन खासगरी छिमेकी देश भारतलगायतका मुलुकबाट आयात भइरहेका कारण नेपाली किसान निरन्तर मारमा पर्दै आएको नेपाल किसान महासंघका केन्द्रीय सदस्य निशा श्रेष्ठले बताए । किसानले लागत मूल्यसमेत पाउन नसकेको उल्लेख गर्दै उनले किसान सडकमा तरकारी नष्ट गर्न बाध्य हुनु दुःखद् भएको बताए ।

खेतीको समयमा मल, बिउ नपाउने, सिँचाइको अभाव, सहुलियत दरको कर्जा, बीमा, प्रविधि र प्राविधिक सेवा नपाउने र उत्पादनपछि सोको मूल्यसमेत नपाउनेजस्ता समस्याबाट थलिएको उनीहरुको भनाइ छ ।

‘केही समयअघि बर्डफ्लुका कारण पन्क्षीपालक किसानले ठूलो क्षति बेहोर्नुप¥यो, तर किसानले राहत तथा क्षतिपूर्ति पाएका छैनन्, गत वर्ष परेको बेमौसमी वर्षाले पारेको क्षतिपछि किसानले अहिलेसम्म पनि राहत पाउन सकेका छैनन्’, जारी विज्ञप्तिमा उल्लेख छ ।

अखिल नेपाल किसान महासंघका अध्यक्ष डा.प्रेम दंगालले तरकारीको समर्थन मूल्य तोकी खरिद सुनिश्चितता गर्ने र आन्दोलनरत किसानका माग पूरा गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग आग्रह गरेको छ । उनले पत्रकार सम्मेलनमा किसानको हकहित, अधिकार र कृषि विकाससँग सम्बन्धित माग पूरा गराउन पनि सरकारसँग माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?