प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधि ओखलढुंगालाई

लोकपथ
39
Shares

संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारीमा भएको १ नम्बर प्रदेश स्तरीय रेजिना रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि ओखलढुंगाको भलिबल टोलीले जितेको छ ।

खाँदबारीमा आज भएको फाइनलमा भोजपुर भलिबल टोलीलाई ३–१ को सेटमा हराउँदै ओखलढुंगाले उपाधि जितेको हो । प्रतियोगितामा झापा भलिबल टीम तेस्रो र पाँचथर भलिबल टीम चौँथो भएका छन् । प्रतियोगितामा सर्वोकृष्ट खेलाडी ओखलढुंगाका समीप श्रेष्ठ भए ।

बेस्ट स्पाइकर ओखलढुंगाका हरि अधिकारी, लिफ्टर मनोज घिमिरे, व्लकर द्वारिका थापा, लिब्रो भोजपुरका सन्तोष राई र सरभर बालकुमार रायमाझी भए । विजयी ओखलढुंगाले नगद रू एक लाख ११ हजार र दुई सय १० तोलको चाँदीको शिल्ड प्राप्त गरेको छ भने उपविजेता भोजपुरले रू ५५ हजार नगद प्राप्त गरेको छ ।

प्रतियोगितामा १ नम्बर प्रदेशका १३ जिल्लाका टीम सहभागी थिए । विजयी टीमलाई भलिबल संघका केन्द्रीय महासचिव रोशन श्रेष्ठले पुरस्कार वितरण गरेका थिए । रेजिना रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता विसं २०५८ बाट जिल्लास्तरीय, विसं २०७१ बाट पूर्वाअञ्चलस्तरीय हुँदै विसं २०७४ बाट प्रदेश–१ स्तरीय भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?