पाल्पामा ट्याक्टरको ठक्करबाट आमा र छोराको ज्यान गयाे

लोकपथ
26
Shares

पाल्पा । पाल्पामा सवारी दुर्घटनामा परी आमा र छोराको ज्यान गएको छ । शनिबार बिहान पाल्पाको तानसेनदेखि खानीगाउँ तर्फ जाँदै गरेको लु २ त ९८८४ नम्बरको ट्याक्टरले सोही दिशातर्फ जाँदै गरेको लु ५३ प ७५७१ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाका अनुसार स्कुटरमा सवार तानसेन नगरपालिका–१३ बस्ने १९ वर्षीय अभिषेक थापा र ३९ वर्षीया मिना थापा मिधुनको मृत्यु भएको हो ।

ट्याक्टर ठक्करबाट स्कुटरमा सवार उनीहरू दुबैजना गम्भीर घाइते भएका थिए । घाइते रहेका उनीहरूको उपचारको लागि जिल्ला अस्पताल पाल्पा पठाइएको थियो ।

चिकित्सकले साढे १० बजे उनीहरूलाई मृत घोषणा गरेका थिए । प्रहरीले ट्याक्टर चालक धादिङ रोराङ गाउँपालिका–९ बस्ने ३३ वर्षीय हरिलाल चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?