सन्दीप लामिछानेविरुद्धको मुद्दामा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

लोकपथ
0
Shares

काठमाडौं । बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको पुनरावेदन निवेदनमा अदालतले कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको छ ।

शुक्रबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको हो । लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश बदरको माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिएको थियो ।

नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने गरी दिएको आदेश उच्च अदालत पाटनले उल्टाइदिएको थियो । सन्दीपसँग २० लाख धरौटी माग गरी देश छाड्न नपाउने गरी उच्च अदालत पाटनले गत पुस २८ गते तारेखमा छाड्ने आदेश गरेको थियो ।

सो आदेश अनुसार २९ पुसमा रिहा भएका लामिछानेलाई सन्दीपलाई नेपाल क्रिकेट संघले आइसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्डबीचको एक दिवसीय सिरिजका लागि बन्द प्रशिक्षणमा समावेश गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?