‘निफ’ को जुरीमा प्रियंका कार्की र इन्द्रलाल बलामी मनोनीत

लोकपथ
14
Shares

काठमाडौं । ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को दुई जुरी कमिटीमा दुईजना नेपाली कलाकर्मी मनोनीत भएका छन् । ‘निफ’ को जुरीमा चर्चित अभिनेत्री प्रियंका कार्की फिचर तर्फको जुरी सदस्यमा र माया एकेडेमीका इन्द्रलाल बलामी छोटा र बृत्तचित्र जुरी कमिटीमा मनोनीत भएका हुन् ।

आउँदो चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म छैटौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुन लागेको छ । अभिनेत्री कार्कीले दर्जनौं चलचित्रमा अभिनय गरेर लोकप्रियता कमाउन सफल भएकी छन् भने माया एनिमेसन एकेडेमी र माया स्टुडियोका संस्थापक निर्देशक इन्द्रलाल बलामी चलचित्रको प्राविधिक पक्षलाई स्तरीय बनाउन तारिफ योग्य भूमिका निर्वाह गर्दै आएका छन् ।

यस वर्ष ‘निफ’ मा छनोट भएर दोस्रो चरणमा आइपुगेका ३५ देशका ९५ लामा, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्र मध्येबाट ७ विधामा १४ वटा पुरस्कार वितरण गरिने छ । ‘निफ’ मा एक दर्जन बढी रचनात्मक कार्यक्रम (गोष्ठी, अन्तरक्रिया) समेत आयोजना गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?