बाँके । बाँकेमा दादुरा रोगको संक्रमण कायमै रहेको छ । अहिलेसम्म तीन सय नौ बालबालिकामा दादुरा रोग संक्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयकाका खोप स्रोतव्यक्ति नरेश श्रेष्ठका अनुसार, दादुरा संक्रमणबाट सबैभन्दा बढी नेपालगञ्जका बालबालिका प्रभावित भएका छन् ।
दादुराको संक्रमणबाट अहिलेसम्म नेपालगञ्जमा एकजनाको मृत्यु भइसकेको छ । यहाँ अहिलेसम्म दुई सय १३ संक्रमित फेला परेका छन् । हालसम्म नरैनापुरमा ४१, खजुरा गाउँपालिकामा २१, डुडुवामा १८, कोहलपुरमा नौ र राप्ती सोनारीमा सात जनालाई दादुरा संक्रमण पुष्टि भएको छ । यीमध्ये १० जनाको उपचार भइरहेको छ ।
नेपालगञ्जका एक संक्रमित अस्पताल भर्ना भएका छन् । यसैगरी राप्ती सोनारीका सात र कोहलपुरका दुई बालबालिका ‘होम आइसोलेशन’ मा रहेका श्रेष्ठले जानकारी दिए । दिनहुँ संक्रमण फैलिरहँदा बालबालिका निको हुने क्रम पनि चलिरहेको छ । अहिलेसम्म बाँकेमा दुई सय ९८ जना निको भइसकेका छन् ।
नेपालगञ्जका दुई सय ११, नरैनापुरका ४१, खजुराका २१, डुडुवाका १८ र कोहलपुरका सात जना बालबालिका निको भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । नेपालगञ्जमा संक्रमण केही कम भए पनि ग्रामीण क्षेत्रतिर बढिरहेकोले दादुरा संक्रमण रोक्न ठाउँठाउँमा खोप कार्यक्रम सञ्चालन भइरहेको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया