सन्दीप लामिछानेले गरे खेलमा फर्किने संकेत

लोकपथ
78
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले खेलमा फर्किने संकेत गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले सो आशयको धारणा राखेका हुन् ।

‘समयसँगै फेरि भेट होला’, उनले ट्वीटरमा लेखेका छन् । ट्वीटरमा उनले मैदानमा खेल्दै गरेको तस्बीर पनि राखेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबारमात्रै उनीमाथिको निलम्बन फुकुवा गरेको थियो ।

क्यानले सन्दीप धरौटीमा रिहा भएसँगै बोर्ड बैठकबाट निलम्बन फुकुवाको निर्णय गरेको हो । क्यानले उनी बलात्कार आरोपमा मुछिएसँगै निलम्बन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?