काठमाडौं । बागलुङमा पनि एक पुरुषले आफैलाई आगो लगाएका छन् । बागलुङ जिल्लाको सिगाना-८ का शेर बहादुर जिसीले आफ्नै निवासमा आफूलाई आगो लगाएका हुन् ।
आगो लगाएर घाइते भएका जिसीको पहिले बागलुङस्थित धौलागिरी अस्पतालमा उपचार भइरहेको थियो तर उक्त अस्पतालले पोखरा रफिर गर्न भनेपछि हाल जिसीलाई पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
‘आफैलाई आगोलगाएर घाइते हुनु भएको रहेछ । हाल उनको अवस्था मध्यम रहेको छ । गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।’ जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी दयानिधी ज्ञवालीले लोकपथसँग भने ।
‘घाइते भएका जिसीले मानसिक समस्याका कारण नियमित औषधी खाइरहनु भएको खुलेको छ । किन र के का लागि घटना भयो भन्ने बारेको कारण खुलेको छैन ।’ एसपी ज्ञवालीले थपे ।
केही दिन अघिमात्रै कास्कीमा पनि एक पुरुषले आफैलाईआगो लगाएका थिए जसमा उनलाई बचाउन गएकी महिलाको भने मृत्यु भइसकेको छ । उनी भने उपचाररत छन् । त्यस्तै इलानमका प्रेम आचार्यले पनि संसद भवन अगाडी आफैलाई पेट्रोल छर्केर आगोलगाएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया