भारतले नेपालसहित छिमेकी राष्ट्रको अनुदान घटायो

लोकपथ
28
Shares
Indian Finance Minister Nirmala Sitharaman, center, shows annual federal budget for the year 2022-23, with her team before leaving finance ministry for the parliament house to present it, in New Delhi, India, Tuesday, Feb. 1, 2022. (AP Photo/Altaf Qadri)

काठमाडौं । मित्रराष्ट्र भारतले नेपाललाई उपलब्ध गराउँदै आएको अनुदान रकम घटाएको छ ।

बुधबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले पेश गरेको बजेट अनुसार आर्थिक वर्ष २०२३÷२०२४ मा नेपाललाई ५ अर्ब ५० करोड भारु अनुदान शीर्षक छुट्याइएको छ ।

यसअघि गत वर्ष ७ अर्ब ५० करोड (१२ अर्ब रुपैयाँ) अनुदान छुट्याइएको थियो। त्यसमा ४ अर्ब २५ करोड भारु भारतले नेपाललाई भुक्तानी गरिसकेको छ र

सन् २०२१–२२ को बजेटमा भारतले नेपाललाई नौ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड रुपैयाँ) अनुदान छुट्याएको थियो ।

भारतले नेपालसहित अन्य छिमेकी राष्ट्रहरुलाई वार्षिक बजेट मार्फत् समेत अनुदान रकम उपलब्ध गराउँदै आइरहेको छ । नेपाल मात्र नभइ अन्य छिमेकी राष्ट्रलाई

कुन देशलाई कति अनुदान ? 

मंगोलिया : ७ करोड भारु

मौरिसस : ४ अर्ब ६० करोड ७९ लाख भारु

म्यानमार : ४ अर्ब (भारु)

माल्दिभ्स : ४ अर्ब भारु

अफगानिस्तान : २ अर्ब भारु

बंगलादेश : २ अर्ब भारु

भुटान : २४ अर्ब ५८ लाख (ऋण र अनुदान)

श्रीलंका : १ अर्ब ५० करोड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?