उम्मेदवारको खर्च विवरण नतिर्ने गाउँपालिका महासंघको चेतावनी, मिनाहाको लागि गुहार माग्दै

लोकपथ
42
Shares

काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा सहभागि उम्मेदवारहरुको खर्च विवरण निर्वाचन आयोगलाई नबुझाउने चेतावनी दिएको छ ।

देशभरका ४६० वटा गाउँपालिकाबाट निर्वाचित वा उम्मेदवारहरु समक्ष आयोगले खर्च विवरण माग गरेको थियो साथै नबुझाएका उम्मेदवारहरुलाई जरिवाना समेत तोकेको थियो ।

तर गाउँपालिका महासंघले भने खर्च विवरण नदिने बरु त्यसको मिनाहाको मागसहित राष्ट्रपति समक्ष पहल गर्ने तयारी गरेको छ ।

आयोगले निर्वाचन खर्च विवरण बुझाउन ताकेता गरेको र नबुझाएमा जरिवाना गर्ने निर्णय अव्यवहारिक रहेको महासंघले जनाएको छ ।

‘२०७९ साल वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई कानुनबमोजिम बुझाउनुपर्ने निर्वाचन खर्चको विवरण नबुझाई उम्मेदवारलाई कारबाही गर्ने सम्बन्धमा निर्वाचन आयोग नेपालले तोकेको जरिवाना अत्यन्त अव्यवहारिक र अन्यायपूर्ण रहेकोमा उक्त जरिवाना रकम मिनाहा गराउन यस गाउँपालिका राष्ट्रिय महासंघले यथेष्ट प्रयत्न गरिरहेको व्यहोरा अवगत गराउन चाहान्छौँ । निर्वाचन आयोगले तोकेको जरिवाना २०७९ फागुन मसान्तसम्म नबुझाएमा २०७९ चैत्र १ गतेबाट निर्वाचित पदसमेत खारेज हुने निर्णयसमेत गरिसकेकोले त्यस अगावै यस समस्याको उचित समाधान खोज्नै पर्दछ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?