सिमरा । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र संघईले अर्थतन्त्रलाई थप संकटतर्फ जान नदिन सबैले बेलैमा पहल थाल्नुपर्ने बताएका छन् ।
सिमरामा मंगलबार भएको मधेश प्रदेश उद्योग वाणिज्य महासंघको विशेष साधारण सभामा बोल्दै संघईले अर्थतन्त्रको गति ठीक दिशातर्फ नरहेको विषयमा सबैले हेक्का राख्न जरुरी भएको बताए ।
विश्व आर्थिक मन्दिको असर नेपाली अर्थतन्त्रमा समेत देखिएको बताउँदै उनले अर्थतन्त्रका प्रमुख सूचकहरूः आयात, निर्यात, आर्थिक बृद्धि, राजश्व संकलन, उत्पादन, रोजगारी सबै क्षेत्रमा कमी आएको उल्लेख गरे । अर्थतन्त्रलाई ठीक दिशातर्फ डोहो¥याउन सरकार र निजी क्षेत्र दुबै सचेत बन्नुपर्ने संघर्ईको सुझाव छ ।
व्यवसायीहरूले सरकारबाट उपयुक्त नीतिको अपेक्षा राखेको बताउँदै संघर्ईले इमान्दारिपूर्वक काम गर्न उद्योगी–व्यवसायीहरू प्रतिवद्ध रहेको बताए ।

उद्योगी व्यवसायीहरूले भोगिरहेको समस्याहरूको फेहरिस्त प्रस्तुत गर्दै संघई जता हे¥यो त्यतै समस्या देखिँदा उद्योगी व्यवसायि आजित भएको उल्लेख गरे । पूँजीको समस्या, चर्को व्याजको समस्या, नियमित विद्युत आपूर्तिको समस्या, करको समस्या, भन्सारको समस्या, भ्याटको समस्या, कच्चा पदार्थको समस्या, श्रमिकको समस्या लगायत समस्यै समस्याका बीच व्यवसाय गर्न उद्योगीहरू वाध्य भएको उनले बताए ।
‘समस्याबाट आत्तिएर भाग्ने भन्ने प्रश्नै उठ्दैन । कठिन समयमा पनि देशभित्र उत्पादन बढाउन हामी तयार छौं तर व्यवसायमैत्री नीति, लगानीमैत्री वातावरण चाहियो । हामीलाई राज्यले सहयोग गर्नुप¥यो । राजश्व र रोजगारी बढाउन हामी तयार छौं’, उनले भने ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, उपाध्यक्ष अञ्जन श्रेष्ठ तथा मधेश प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष गणेश लाठ लगायतले समग्र आर्थिक मन्दी र व्यावसायीका समस्याका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।
उद्योग वाणिज्य संघको महाधिवेशन चैत्रको अन्तिम साता हुने तय छ । त्यसका लागि उद्योगी, व्यवसायिहरूको चुनावी रौनक समेत शुरु भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया