झोलुङ्गे पुलको माग पेश गर्न स्थानीय तहलाई विभागको परिपत्र

लोकपथ
156
Shares

काठमाडौं । स्थानीय पूर्वाधार विभागले देशभरका स्थानीय तहहरुलाई आवश्यकता अनुसार झोलुङ्गे पुलको माग पेश गर्न परिपत्र गरेको छ । सोमबार विभागले परिपत्र गर्दै आधारभूत सेवाको पहुँच हरेक आधा घण्टाको फेरोमा ल्याउने लक्ष्य लिएकोले यसका लागि आवश्यक पर्ने झोलुङ्गे पुलको माग विवरण एक महिनाभित्रमा पठाउन भनेको छ ।

‘नेपाल सरकारको पन्ध्रौँ योजनाले आधारभूत सेवा पहुँच पुर्याउने उद्देश्यले आधा घण्टाको फेरोमा ल्याउने लक्ष्य लेखिएको देखिएकाले झोलङ्गे पुल क्षेत्रगत कार्यक्रमलाई उच्च प्राथमिकतामा राखी आगामी ३ (तीन) वर्षभित्र आवश्यक सबै झोलुङ्गे पुल निर्माण सम्पन्न गरी आधारभूत पहुँचमा सुनिश्चितता गर्न तीनै तहको सरकारको समन्वय तथा सहकार्यमा बजेट व्यवस्थापन र निर्माण कार्य अगाढी बढाउन विभागद्वारा लेखिएको पत्रमा भनिएको छ ।’

झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको विभागले जनाएको छ । विभागका अनुसार तीन वर्षभित्र आवश्यक सबै झोलुङ्गे पुल निर्माण सम्पन्न गर्ने सरकारले तयारी गरेको छ । विवरण उपलब्ध गराउँदा कार्यपालिकाको बैठकको निर्णय सहित पठाउन पत्रमा भनिएको छ ।

हेर्नुहोस् विभागको परिपत्र :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?