कैलालीमा बञ्चरो प्रहार गरि छोराद्वारा आमाको हत्या

लोकपथ
494
Shares

कैलाली । बञ्चरो प्रहार गरि कैलालीमा छोराले आमाको हत्या गरेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका वडा–६ का ४० वर्षीय श्रीराम थारुले आफ्नै सहोदर आमालाई लाई बन्चरो प्रहार गरि हत्या गरेका हुन् ।

थारुले सोमबार राति ७१ वर्षीया आमा लगनीदेवी थरुनीलाई बृद्धभत्ताबाट आएको रकम मदिरा सेवनको लागि नदिएको झोकमा टाउँकोमा बन्चरो प्रहार गरेर हत्या गरेको मृतका जेठो छोरा रामलाल थारुले बताए । बन्चरो प्रहारबाट गम्भीर घाइते भएकी थरुनीलाई राति नै उद्दार गरि लम्कीस्थित लालरत्न अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि धनगढीको नवजीवन अस्पतालमा लगिएको थियो ।

उपचारको क्रममा थरुनीको धनगढीमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक शंकर खड्काले बताए । मृतक थरुनी सवलाई अहिले पोष्टमार्टमको लागि टीकापुर अस्पताल लगिएको छ । आमालाई बञ्चारो प्रहार गरि फरार भएका श्रिराम थारुलाई आज बिहान देउराली सामुदायिक बन परिसरबाट पक्राउ गरी अनुसन्धान गरी रहेको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

आरोपित श्रीराम पहिला पनि ज्यान मुद्दामा पाँच वर्ष कारागार बसेको खुलेको छ । थारुले वृद्धभत्ताको रकम आमाले नदिएपछि बन्चरोले टाँउको, ढाड र खुट्टामा प्रहार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?