१५ चैत्र २०७९, बुधबार

मालबाहक सवारीको संरक्षण राज्यको दायित्व : मुख्यमन्त्री गिरी

२०७९,माघ,१७,मंगलवार ११:३४

567
Shares

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मालबाहक सवारीको संरक्षण गर्नु राज्यको दायित्व भएको बताएका छन् ।

सोमबार नेपाल ट्रक यातायात व्यावसायी महासंघ लुम्बिनी प्रदेशका व्यवसायीहरुको भेटका क्रममा गिरीले सो कुरा बताएका हुन् ।

भेटमा व्यवसायीहरुले मुख्यमन्त्री गिरीलाई मालबाहक सवारी क्षेत्रले भोग्दै आएको समस्याहरुको बारेमा अवगत गराएका थिए ।

व्यवसायीहरुले मुख्यमन्त्रीलाई भारतीय ट्रकको निर्वाध नेपालभित्र प्रवेशमा रोक, ढुवानी रोड पर्मिट जाँचपास र बिलबुक नवीकरणका लागि वार्षिक एकै पटक गर्नुपर्नेमा पटक पटक जानुपर्ने झन्झटिलो प्रणालीको अन्त्य गर्ने समेत माग गरेका थिए ।

व्यवसायीका समस्या सुनिसकेपछी मुख्यमन्त्री गिरीले भने मालबाहक ट्रक यातायात हाम्रो लागी अपरिहार्य भएकाले व्यावसायी र उपभोक्तामुखी नीति निर्माण गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेश संयोजक यमप्रसाद पाण्डेले जानकारी दिए ।

भेटमा लुम्बिनी प्रदेशका संयोजक यमप्रसाद पाण्डे, नेपाल ट्रक यातायात व्यावसायी महासंघका पुर्व अध्यक्ष अर्जुन रानाभाट ,महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोख्रेल, उपाध्यक्षहरु बिष्णु प्रसाद न्यौपाने, केन्द्रीय सदस्य प्रताप कार्की, साथै राप्ती संयुक्त ट्रक व्यावसायी समितिका अध्यक्ष रत्न प्रसाद श्रेष्ठ, पश्चिमान्चल यातायात व्यावसायी समितिका महासचिव हरि प्रसाद कंडेल, उपाध्यक्षद्वय गणेश घिमिरे र खगराज गौतम ,महासंघका प्रदेश प्रेस सल्लाहकार सुमन अधिकारी, प्रदेश सचिव कमल केसी लगायतको उपस्थिति रहेको थियो ।

साथै महासंघ प्रतिनिधि मण्डलले लुम्बिनी प्रदेशका सभामुख तुल बहादुर घर्ती र लुम्बिनी प्रदेशकै बिना विभागीयमन्त्री चेत नारायण आचार्यलाई समेत भेटेको थियो ।

प्रकाशित मिति: २०७९,माघ,१७,मंगलवार ११:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आगरा क्यान्ट स्टेसनबाट १६० किलोमिटर प्रतिघण्टाको गतिमा गुडिरहेको वन्दे भारत एक्सप्रेस रेल गाईसँग ठोक्किएको छ । जसका कारण

काठमाडौं । मिटरब्याज पीडितहरुको आन्दोलनमा विवेकशील साझा पार्टीले ऐक्यबद्धता जनाएको छ । बुधबार अध्यक्ष समिक्षा बास्कोटाले विज्ञप्ति जारी गर्दै पीडितहरुलाई

काठमाडौं । अमेरिकी रक्षामन्त्री लोयड जे अस्टिनले चीनको चुनौतीलाई मध्यनजर गर्दै आर्थिक वर्ष २०२४ को बजेटमा रक्षा खर्च बढाइएको बताएका

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा पछिल्लो ८ महिनाको अवधिमा २३ लाख बढी आन्तरिक राजश्व संकलन भएको छ । गाउँपालिकाले सार्वजनिक

ताजा समाचार

दिङ्ला प्रशासन कार्यालय प्रमुखविहीन
 २०७९,चैत्र,१५,बुधबार ११:१३