बाउमा कोनेक्स्पो-२०२३ मा सहभागी हुन महासंघका अध्यक्ष सिंह भारत प्रस्थान

लोकपथ
7
Shares

काठमाडौं । बाउमा कोनेक्स्पो–२०२३ मा सहभागी हुन नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह आज भारतको उत्तर प्रदेश प्रस्थान गरेका छन् ।

ग्रेटर नोइडामा चार दिन सम्म चल्ने एक्स्पोमा निर्माण उद्योगमा भित्रिएका अत्याधुनिक उपकरण, सामग्री सहित निर्माण क्षेत्रमा प्रयोग हुने सबै खाले पछिल्ला सर-सामानहरू प्रदर्शनीका लागि राखिनेछन् ।

भोलि ९मंगलवार० देखि शुरु हुने प्रदर्शनीमा २० भन्दा बढी मुलुकका करीब ६ सय प्रविधि सप्लायर्सको सहभागिता रहने छ भने ६० देशका ५० हजार भन्दा बढीले १० हजार स्टलहरू अवलोकन गर्ने अपेक्षा गरिएको छ । एशिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको छाता संस्थाईफाप्काका अध्यक्ष समेत रहेका महासंघ अध्यक्ष सिंहलाई अतिथिको रुपमा एक्स्पोमा आमन्त्रण गरिएको हो ।

सोही अवसरमा अध्यक्ष सिंहले निर्माण उद्योगसँग सम्बन्धित् पछिल्ला प्रविधिका बारेमा विज्ञहरूसँग छलफल गर्नेछन् । महासंघ बाउमा कोनेक्स्पो–२०२३ को सर्पोटरको भूमिकामा रहेको छ ।

अध्यक्ष सिंहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महासंघका महासचिव रोशन दाहाल, कोषाध्यक्ष हिरण कुमार श्रेष्ठ, कार्य समिति सदस्य अशोक कुमार केसी, कार्यालय प्रमुख प्रेम सिंह ऐर लगायतले बिदाई गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?