गभर्नर अधिकारीसँग मेयर शाहको भेट

लोकपथ
35
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच भेटवार्ता भएको छ।

सोमबार राष्ट्रिय सभा गृहमा उनीहरूबीच भेटवार्ता भएको हो ।

भेटघाटको क्रममा स्थानीय सरकारका मातहतमा रहेका सहकारी संस्था लगायत वित्तीय संस्थाहरुको विषयमा छलफल भएको बताइएको छ ।

त्यसैगरी आगामी दिनमा समन्वय गरेर अघि बढ्ने विषयमा समेत छलफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?