पोखरा । पोखरामा जलेर घाइते भएकी महिलाको उपचारको क्रममा निधन भएको छ ।
आइतबार जल्दै गरेको अवस्थामा छिमेकीहरुले ३५ वर्षीया संगिता सापकोटाको उद्दार गरेका थिए । घाइते सापकोटाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।
आइतबार सापकोटाको घर पोखरा महानगर–१३ काहुँखोलामा डेरा गर्दै बसेका ४५ वर्षीय कृष्णबहादुर क्षेत्रीले आफ्नै शरिरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका थिए । सो क्रममा सापकोटाले उनलाई बचाउने प्रयास गर्ने क्रममा ज्यानमा आगो सल्किएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
यता घाइते भएका क्षेत्रीको भने उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया