डिशहोमको वार्षिक रिचार्जमा निशान्त बुढाले जिते एक लाख

लोकपथ
65
Shares

काठमाडौं । डिशहोमको एक वर्षको रिचार्ज गर्दा कञ्चनपुरको चादनी–दोधारा नगरपालिका—८ का निशान्त बुढाले एक लाख रुपैयाँ हात पारेका छन् । डिशहोमको उक्त अफरअन्तर्गत रिचार्ज गर्ने मध्ये लक्की ड्र मार्फत् उनले उक्त पुरस्कार रकम जितेका हुन् ।

एक वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । डिशहोमको वार्षिक ग्राहक योजना अन्तर्गत डिशहोम डीटीएचका ग्राहकहरुले नजिकैको डिलरमा गई फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् ।

यस अफरअन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद एक लाख रुपैयाँ जित्ने अवसर पाउने छन् । केदार ट्रेडिङको डिलर खअन्तर्गत रहेको दोधारा कंचनपुरका सह—बितरक न्यु एकता ट्रेडर्सका डिलर दाई रिङ्कु रोकायकोमा एक वर्ष रिचार्ज गरेर बुढाले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका थिए ।

डिशहोमको तर्फ वाट एरिया सेल्स म्यानेजर निर्मल आचार्य, केदार ट्रेडिङका म्यानेजर जगदीश भट्ट र सेल्स अफिसर कमल रिमालबाट जितेको पुरस्कार रकम हस्तान्तरण गरेका थिए । डिशहोमले लक्की ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टीभी, रमाईलो एच.डी., सरोकार टि.भी., नेपाः च्यानल, र डिशहोम सोकेसमा प्रशारण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?