काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले उकालो लागेको छ । महासंघले गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबार ६ सय रुपैयाँ प्रतितोलाले बढेको जानकारी दिएको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार २ सय रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ४ हजार ७ सय रुपैयाँ थियो । जुन, ६ सय रुपैयाँले बढ्दै हिजो शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ३ सय रुपैयाँ कायम छ ।
यो साता नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान नै कायम ग¥यो । नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ९ सय रुपैयाँसम्म पुगेर फर्किएको छ । यही साताको बिहीबार नेपाली बजारमा सुनले उक्त मूल्य कायम गरेको हो । साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार रुपैयाँ थियो ।
यस्तै, सोमबार ३ सय रुपैयाँले बढेको सुनको मूल्य मंगलबार एकै दिन एक हजार रुपैयाँ प्रतितोला बढेको थियो । यसका साथै, बुधबार तोलामा १ सयले घटे पनि बिहीबार ७ सयले बढ्दै हालसम्मकै उच्च मूल्य कायम गरेको थियो । जुन, शुक्रबार ११ सय रुपैयाँले घटेर तोलामा १ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको हो ।
यस्तै, यो साता चाँदीको मूल्य समेत सामान्य वृद्धि देखिएको छ । सातामा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १३ सय ८० रुपैयाँ कायम भएको छ । जुन, गत साताको शुक्रबार तोलामा १३ सय ७५ रुपैयाँ कायम भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया