काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धि मुद्दाको अन्तिम फैसला आउने भएसँगै सर्वोच्च परिसरमा सुरक्षा सतर्कता अपनाइएको छ ।
शुक्रबार सर्वोच्चको संवैधानिक इजलासमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेको नागरिकता विवादको मुद्दाको सुनुवाइ सकिएको छ ।
त्यससँगै आजै फैसला आउनसक्ने सम्भावना रहेकाले हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा सतर्कता अपनाइएको हो ।