१६ चैत्र २०७९, बिहीवार

पूर्वी नाकामा कोभिडसँगै मलेरिया र एचआइभी परीक्षण

२०७९,माघ,१३,शुक्रवार १६:११

18
Shares

काठमाडौं । स्वास्थ्य मन्त्रालयद्वारा पूर्वी नाका काँकडभिट्टाको मेची पुलमा राखिएको हेल्थ डेस्कमा कोभिडसँगै एचआइभी, मलेरिया र क्षयरोगकोसमेत परीक्षण सुरु गरिएको छ ।

विगत तीन वर्षअघि कोभिड–१९ को जाँच गर्न मेची पुलको मुखमै कार्यालय स्थापना गरेर राखिएको डेस्कमा मन्त्रायलयकै निर्देशनमा यी रोगको पनि परीक्षण गर्न थालिएको हो । कार्यालयमा मन्त्रालयकै मातहतमा रहनुभएकी ल्याब असिस्टेन्ट शान्त भण्डारीले भारतलगायत तेस्रो मुलुकबाट आउनेको शङ्का लागेमा जाँच गर्ने गरिएको जानकारी दिए ।

उनले डेस्कमा दैनिक पाँचदेखि १५ जनासम्मको मलेरिया र तीनदेखि चार जनासम्मको एचआइभी परीक्षण गरिँदैै आएको बताए । ‘हामीलाई भारतलगायत तेस्रो मुलुकबाट नेपाल प्रवेश गर्नेमध्ये शङ्का लागेका व्यक्तिको जाँच गर्छौं’, उनले भने, ‘अन्य रोगको जाँच गर्न सजिलै छ, तर एचआइभी परीक्षण गराउन गाह्रो हुन्छ ।’

उनका अनुसार विशेष गरी डेस्कमा भारतका विभिन्न स्थानबाट नेपालमा रोजगारीका लागि आउनेको भने अनिवार्यरुपमा एचआइभी र मलेरियाको परीक्षण गरिएको छ । मन्त्रालयले एक अहेबसहित दुई कर्मचारीलाई सीमा डेस्कमा खटाउँदै आएको छ ।

यसैगरी सीमामा काउन्सिलिङ गर्न र कोभिडसँग अन्य रोगको जाँचकै लागि प्रदेश नं १ को स्वास्थ्य मन्त्रालयलेसमेत एक ल्याब असिस्टेन्टको व्यवस्था गरेको छ । मेचीनगर नगरपालिकाले चार स्वास्थ्यकर्मीलाई सीमामा विगत तीन वर्षदेखि नै खटाउँदै आएको छ ।

‘दैनिक यो नाकाबाट नेपाल प्रवेश गर्नेको संख्या दुई/तीन सय बढी छ’, प्रदेश मन्त्रालयबाट खटाइएकी ल्याब असिस्टेन्ट रक्षा देउजाले भने, ‘जनशक्ति अभावले काम गर्न कठिनाइ भइरहेको छ ।’

प्रकाशित मिति: २०७९,माघ,१३,शुक्रवार १६:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा पछिल्लो ८ महिनाको अवधिमा २३ लाख बढी आन्तरिक राजश्व संकलन भएको छ । गाउँपालिकाले सार्वजनिक

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

ताजा समाचार

ललितपुर मेयर्स कप : एपीएफ क्लब च्याम्पियन
 २०७९,चैत्र,१६,बिहीवार १३:१६
मन्त्री छान्ने जिम्मा सभापति देउवालाई
 २०७९,चैत्र,१६,बिहीवार १२:४२