१५ चैत्र २०७९, बुधबार

पूर्वसचिव रामेश्वर खनालले गरे दोस्रो विवाह

२०७९,माघ,१३,शुक्रवार १५:३३

693
Shares

काठमाडौं । पूर्व अर्थसचिव रामेश्वर खनालले दोस्रो विवाह गरेका छन् । माघ १२ गते श्रीपञ्चमीका दिन उनले सरिता शर्मा पोखरेलसँग नयाँ जीवनको शुरुवात गरेका हुन् ।

२०७६ असोजमा श्रीमती सचित्राको क्यान्सरका कारण निधन भएपछि खनालले एकल जीवन बिताइरहेका थिए । खनालले १९ वर्षदेखि नै एकल जीवन बिताइरहेकी शर्मासँग विवाह गरेका हुन् ।

आफ्ना आफन्त र परिवारको प्रस्ताव स्वीकार्दै सहयात्रा गर्ने अर्थात् लिभिङ टुगेदरमा रहने निर्णयमा पुगेको खनालले बताएका छन् । खनाल र शर्मा दुबैको एक एक जना छोरी छन् ।

पारम्परिक रुपमा विवाह गरेको नभई श्रीपञ्जमीको दिन पारिवारिक सदस्यहरुबीच केक काटेर लिभिङ टुगेदरको आरम्भ गरेको खनालले बताएका छन् । सरिताको गृहजिल्ला दाङ हो । शर्माले पनि विवाहको ६ वर्षमै पति वियोग सहेकी थिइन् ।

प्रकाशित मिति: २०७९,माघ,१३,शुक्रवार १५:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पर्सा । म्याद गुज्रिएका खाद्यवस्तु बिक्री वितरण गरेको आरोपमा पर्साको वीरगञ्ज महानगरपालिका–१३ स्थित दुई उद्योगलाई संयुक्त अनुगमन टोलीले सिल गरेको

भोजपुर । भोजपुरको दिङ्लास्थित इलाका प्रशासन कार्यालय प्रमुखविहीन बन्दा सेवा प्रवाहमा समस्या भएको छ । मुख्यरूपमा षडानन्द नगरपालिका र साल्पासिलिछो

काठमाडौं । खोटाङका दुईसहित पाँच नेपाली युवा पाँच महिनादेखि मलेसियामा अलपत्र छन् । वैदेशिक रोजगारीको सिलसिलामा गत कात्तिकमा मलेसिया पुगेका

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–८ साततले राजबास पुलमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । फापरबारीबाट हेटौँडातर्फ

ताजा समाचार

दिङ्ला प्रशासन कार्यालय प्रमुखविहीन
 २०७९,चैत्र,१५,बुधबार ११:१३