वरिष्ठ अधिवक्ता भण्डारीको जिकिर : ‘रवि लामिछानेमा कानुन मिच्ने प्रवृत्ति छ’

लोकपथ
156
Shares

काठमाडौं । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमा पहिलेदेखि नै कानुन मिच्ने प्रवृत्ति रहेको जिकिर गरेका छन् ।

लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको शुक्रबार जवाफी बहसका क्रममा सर्वोच्चको संवैधानिक इजलासमा भण्डारीले सो तर्क गरेका हुन् ।

सो क्रममा उनले लामिछानेले पारिवारिक भिसामा नेपाल आएर यँही बसेर काम गरेको विषय विवाद हुँदा अमेरिकी नागरिकता त्यागेको कागजपत्र निर्वाचन आयोगमा मात्र पेश गरेको जिकिर गरेका छन् ।

‘कानुन मिच्ने प्रवृत्ति उहाँमा पहिलेदेखि नै थियो । पारिवारिक भिसामा नेपालमा आएर उहाँले काम गर्नुभयो । त्यसमा विवाद भयो । पछि अमेरिकाको नागरिकता त्यागेको डकुमेन्ट निर्वाचन आयोगमा मात्रै पेस गरेको देखिन्छ । विदेशमा त्यागेको निस्सा तोकिएको अधिकारीलाई पेस गर्नुपर्नेमा अहिलेसम्म पेस गरेका छैन ।’ भण्डारीले भनेका छन् ।

आज सर्वोच्चको संवैधानिक इजलासमा लामिछानेको नागरिकताविवाद सम्बन्धी मुद्दाको सबै सुनुवाइ सकिएको छ । आजै फैसला आउनसक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?