काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद सम्बन्धि मुद्दाको जारी बहसमा लामिछानेले अमेरिकी नागरिक रहँदै नेपालको राहदानी लिएको तर्क पेश भएको छ ।
जारी बहसका क्रममा न्यायाधीश ईश्वरप्रसाद खतिवडाले गृहमन्त्री लामिछानेले अमेरिकी नागरिक भएकै अवस्थामका नेपाली राहदानी निकालेको तर्क पेश गरेका हुन् ।
न्यायाधीश खतिवडाले रविले २०१४ मा अमेरिकी नागरिकता लिएको, २०१५ मा नेपाली नागरिकता प्रयोग गरेर राहदानी निकालेको र २०१८ मा मात्रै अमेरिकी नागरिकता त्यागेको जिकिर गरे ।
‘सन् २०१४ मा उनले अमेरिकी नागरिकता लिएको, २०१५ मा नेपाली नागरिकताको प्रयोग गरेर पासपोर्ट निकालेको र २०१८ मा अमेरिकी नागरिकता त्यागेको स्थापित तथ्य हो ।’ उनले भने ।
जारी बहसमा रवि पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता नरेन्द्र केसीले नागरिकता नीतिलाई अनावश्यक कठोर बनाएर पञ्चायतकालिन अवस्थामा फर्किन लागेको तर्क पेश गरेका थिए ।
त्यसको जवाफमा न्यायाधीश खतिवडाले नागरिकता नीति कमजोर बनाउँदा राष्ट्रियता बलियो हुन्छ ? कहाँबाट आयो पञ्चायत फर्काउने कुरा ? भन्दै उनीतर्फ प्रश्न तेस्याएका थिए ।
आज सर्वोच्चको संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहेका छन् ।
आज सम्पूर्ण बहस सकिएमा आजै फैसला आउने समेत सम्भावना रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया