ठूलो संख्यामा राहदानी र पुलिस रिपोर्टसहित २ जना पक्राउ

लोकपथ
26
Shares

काठमाडौं । अवैध रूपमा १ सय १ थान राहदानी र ७९ थान प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–३ घर भएका ३८ वर्षीय अमित बोगटी र नवलपरासी (पूव) विनयी त्रिवेणी गाउँपालिका–७ घर भएकी ३८ वर्षीया सोनी कुमारी गुरुङ रहेका छन् ।

नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेका उनीहरूको लगेजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँचको क्रममा शंकास्पद रुपमा उक्त राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) भारत लैजाँदै गरेको अवस्थामा फेला परेको थियो ।

थप सोधपुछको क्रममा उक्त राहदानीहरु रोमानियामा भिषा स्ट्याम्पिङ गर्नको लागि लान लागेको भनि बैदेशिक रोजगार बिभागबाट जारी भएको भिसा स्ट्याम्पिङ निर्णय फाराम पेश गरेकोमा त्यसको अनुसन्धान गर्दा उक्त फारममा उल्लेखित विवरण भएको राहदानीहरु र निजहरुको साथबाट बरामद भएको राहदानीहरुको विवरण फरक पर्न आएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्ज पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?