मोरङ–अखिल जनतान्त्रिक तराई मुक्तिमोर्चा विवेक समूहका चार जनाले हतियारसहित सरकारी वर्ता टोलीसमक्ष आज आत्मसमर्पण गरेका छन् ।
नेपालको संविधानको मूलधारमा रही काम गर्ने र समान्य जीवनयापन गर्ने उद्देश्यका साथ रामु कामैत भन्ने रामनन्दनकुमार कामैत, विनायककुमार यादव, विनोदकुमार यादव र जयप्रकाश लिचपुरिया छन् ।
उनीहरुले तीन थान पेस्तोल वार्ता टोलीका संयोजक सोमनाथ पाण्डेललाई बुझाएको बताइएको छ ।
अन्य बाँकी हतियार पुसको पहिलो सातामा बुझाउने भनिएको छ । गएको भदौ ८ गते सरकारले गठन गरेको वार्ता टोलीको संयोजक पाण्डेसहित सदस्य सुरेश आलेमगर, ताराकान्त चौधरी र गृह मन्त्रालयका उपसचिव विश्वराज न्यौपाने छोटो अवधिमै २४ वटा समूहसँग कुराकानी गरिसकेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया