१६ चैत्र २०७९, बिहीवार

खाद्य प्रविधिका इन्जिनियर योगेन्द्र ढुंगेल अख्तियारको नियन्त्रणमा

२०७९,माघ,१२,बिहीवार २२:४९

36
Shares

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका इन्जिनियर योगेन्द्र ढुंगेल सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

खाद्य विभागले दिने अनुज्ञापत्र लिन आउने सेवाग्राहीसँग भण्डारीले १ लाख ५० हजार घुस लिँदै गर्दा आयोगबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको छ । विभागको मुख्य कार्यालय बबरमहलमा आठौं तहमा कार्यरत ढुंगेलले मिनरल वाटर उत्पादन गर्ने कम्पनीका लागि अनुज्ञापत्र लिन गएका व्यवसायीसँग घुस मागेका थिए ।

घुस लिएर कार्यालयबाट निस्किने क्रममा उनी पक्राउ परेका हुन् । झापाको दमक घर भएका ढुंगेल भक्तपुरको बालकोट बस्दै आएका छन् । आरोपीबारे अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता एवं सह–सचिव श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति: २०७९,माघ,१२,बिहीवार २२:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा पछिल्लो ८ महिनाको अवधिमा २३ लाख बढी आन्तरिक राजश्व संकलन भएको छ । गाउँपालिकाले सार्वजनिक

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

ताजा समाचार

राष्ट्रियसभाको बैठकमा ४ प्रतिवेदन पेस
 २०७९,चैत्र,१६,बिहीवार १४:४५