१५ चैत्र २०७९, बुधबार

स्थानीय सेवा अन्तर्गत ३५ वर्ष पार गरेका कर्मचारीले पनि लोकसेवा लड्न पाउने

२०७९,माघ,१२,बिहीवार १९:४२

63
Shares

काठमाडौं । स्थानीय सेवा अन्तर्गत ३५ वर्ष उमेर पार गरेका कर्मचारीहरुले समेत संघीय लोकसेवा आयोगको विज्ञापनमा भिड्न पाउने भएका छन् । सर्वोच्च अदालतको आदेशमार्फत स्थानीय सेवा अन्तर्गत ३५ वर्ष पार गरेका कर्मचारीहरूले लोकसेवा लड्न पाउने भएका हुन् ।

लोक सेवा आयोगले २८ मंसिर २०७९ मा प्रकाशित शाखा अधिकृत वा सो सरहको विज्ञापनको सूचना प्रकाशित गरेको थियो । जसमा स्थानीय सेवा अन्तर्गतका ३५ वर्ष पार गरेका कर्मचारीले लड्न नपाउने व्यवस्था थियो । उक्त व्यवस्थाका विरुद्धमा सर्वोच्च अदालतमा रिट परेको थियो ।

सोही रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै ३५ वर्ष पूरा गरेका उम्मेदवारहरूलाई परीक्षामा सामेल हुन दिनबाट नरोक्नु नरोकाउनु भनी आदेश दिएको थियो । उक्त आदेश कार्यान्वय गर्ने सिलसिलामा लोक सेवा आयोगले रिट दायर गर्ने १० जनालाई उमेर हद नलगाई सात दिनभित्रमा अनलाईन मार्फत आवेदन दिन आह्वान गरेको छ ।

आदेश कार्यान्वयन गर्ने सिलसिलामा पछि सर्वोच्चबाट अन्तिम फैसला वा आदेश भए बमोजिम हुने गरी हाललाई उनीहरूलाई आवेदन दिन आह्वान गरेको हो । उनीहरूले आज १२ माघ देखि १८ माघसम्म अनलाइन मार्फत आवेदन दिन सक्ने आयोगले जनाएको छ ।

सर्वोच्चको अन्तरिम आदेशसँगै कञ्चनपुर वेदकोट नगरपालिका–८ घर भई हाल भिमदत्त नगरपालिकामा सामान्य प्रशासन समूह सहायकस्तर पाँचौ तहमा कार्यरत दिनेशराज भट्ट लगायतका १० जना शाखा अधिकृतहरूले आवेदन दिन पाएका छन् ।

प्रकाशित मिति: २०७९,माघ,१२,बिहीवार १९:४२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा पछिल्लो ८ महिनाको अवधिमा २३ लाख बढी आन्तरिक राजश्व संकलन भएको छ । गाउँपालिकाले सार्वजनिक

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

ताजा समाचार

दिङ्ला प्रशासन कार्यालय प्रमुखविहीन
 २०७९,चैत्र,१५,बुधबार ११:१३
देउडा अभिनयमा जम्दै ‘झरना’
 २०७९,चैत्र,१५,बुधबार १०:४७