सवारी सुधारबारे अध्ययन कार्यदल गठन

लोकपथ
0
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘सवारी प्रदुषण, सवारी सुरक्षा एवं दुर्घटना न्यूनीकरण’ बारे अध्ययन गर्न एक कार्यदल गठन गरेको छ ।

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको निर्णयअनुसार गठित उक्त सात सदस्यीय कार्यदलको संयोजक पूर्व सचिव शरदचन्द्र पौडेल छन् । कार्यदलले अध्ययनलाई प्रतिवेदनका रूपमा पेश गर्ने छ ।

कार्यदलमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक बिज्ञानराज शर्मा, पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक डा.पदमबहादुर शाही, यातायात बिज्ञ मधुसूदन आचार्य र इन्जिनियर बिजय गौतम सदस्य छन् ।

यातायात व्यवसायी महासंघका अध्यक्ष वा प्रतिनिधिलाई समेत सदस्य तोकिएको उक्त कार्यदलमा यातायात व्यवस्था विभागका महानिर्देशक सदस्य सचिव रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?