१५ चैत्र २०७९, बुधबार

प्रेमप्रसाद आचार्यले नाम लिएकाहरुविरुद्ध दिइयो आत्महत्या दुरुत्साहनमा जाहेरी

२०७९,माघ,१२,बिहीवार १८:०९

72
Shares

काठमाडौं । बानेश्वरमा मंगलबार आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले नाम लिएकाहरुविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दर्ता गरिएको छ ।

इलामको सूर्योदय नगरपालिका–११ का ३७ वर्षीय आचार्यले मंगलबार संसद भवनअगाडिको नयाँबानेश्वरस्थित सडकमा आत्मदाह गरेका थिए ।

उनले आत्मदाहअघि फेसबुकमा राखेको लामो सुसाइड नोटमा नाम लिएका व्यक्तिविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दर्ता गरिएको हो ।

आत्मदाहअघि आचार्यले फेसबुकमा ६ हजारभन्दा बढी शब्दको एक पोस्ट गरेका थिए । जसमा उनले पाएको हण्डर र उनलाई दुःख दिनेहरुको नाम उल्लेख गरिएको छ ।

अधिवक्ता स्वागत नेपालले बिहीबार काठमाडौं प्रहरी परिसरमा आचार्यले नाम लिएका व्यक्तिहरुविरुद्ध जाहेरी दिएका हुन् । नेपालले दुरुत्साहन गर्ने व्यक्तिहरुविरुद्ध जाहेरी दर्ता गरिएको जानकारी दिएका छन् ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले पनि आत्महत्या दुरुत्साहनको कसुरमा जाहेरी दर्ता भएको जानकारी दिएका छन् ।

मंगलबार संसद भवनबाहिर पेट्रोल खन्याएर शरीरमा आगो लगाएका आचार्यको बुधबार बिहान कीर्तिपुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

प्रकाशित मिति: २०७९,माघ,१२,बिहीवार १८:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । १० दलीय गठबन्धनको बैठक आज पनि निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारको

काठमाडौं । एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार प्रिमियर

काठमाडौं । दलहरुको आ–आफ्नै दाबीको कारण गठबन्धनको बैठक निष्कर्षविहीन बनेको छ । बैठकमा नेपाली कांग्रेसले ९ सिट दाबी गरेको छ

काठमाडौं । गठबन्धनको बैठक निष्कर्षविहीन बनेपछि शीर्ष नेताहरु थप छलफलमा जुटेका छन् । अपरान्ह बसेको बैठक निष्कर्षविहीन बनेपछि प्रधानमन्त्री पुष्पकमल

ताजा समाचार

बैतडीमा १८ खेलाडी बन्द प्रशिक्षणमा
 २०७९,चैत्र,१५,बुधबार १२:१२